काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र नबिल बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठे हस्ताक्षर गरे ।
सम्झौता अनुसार ग्राहकले अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकबाट सुलभ ब्याजमा अधिकतम ७० प्रतिशतसम्म कर्जा पाउने छन् ।
कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ । यो सुविधा अशोक लेल्यान्डका देशभर १७ शोरुम वा बैंकको कुनै पनि शाखाबाट उपलब्ध हुनेछ ।