व्यापार घाटा साढे ९ खर्ब नाघ्यो, निर्यात १ खर्ब मात्र

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन)मसान्तसम्म नेपालको व्यापार घाटा साढे ९ खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

यो गत वर्षको सो अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्षको फागुन मसान्तसम्म ११ खर्ब ६० अर्ब ९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

यस आवमा वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ । गत वर्षको ८ महिनामा १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष २०.१४ प्रतिशतले घटेर ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । चालु आवमा आयात १९.१३ प्रतिशतले घटेर १० खर्ब ५८ अर्ब रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।

यस्तै, चालु वर्षमा नेपालबाट हुने निर्यात पनि २९.०७ प्रतिशतले घटेको छ । विभागका अनुसार फागुन मसान्तसम्ममा नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

एडीबी र प्राधिकरणको टोली तनहुँ जलविद्युत् आयोजना स्थलमा, समयमै काम सक्न निर्देशन Read Previous

एडीबी र प्राधिकरणको टोली तनहुँ जलविद्युत् आयोजना स्थलमा, समयमै काम सक्न निर्देशन

अशोक लेल्याण्डका गाडी किन्न नबिल बैंकले ७० प्रतिशसम्म ऋण दिने Read Next

अशोक लेल्याण्डका गाडी किन्न नबिल बैंकले ७० प्रतिशसम्म ऋण दिने