निफ्राको संचालकबाट बाहिरिए चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संचालक समितिबाट बाहिरिएका छन्।

पछिल्लो समय बढ्दै गएको कार्यव्यस्ततालाई कारण देखाउँदै उनले संचालक समिति सदस्यबाट राजीनामा दिएका हुन् ।

निफ्रा सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बुधबारबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको छ।

ढकाल बाहिरिएसँगै हाल निफ्राको सञ्चालक समितिमा ६ जना सदस्य छन्।  अध्यक्षमा विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल रहेका छन्।

त्यस्तै, नेपाल सरकारका तर्फबाट श्रीकृष्ण नेपाल (संस्थापक, लीलामणि जोशी (संस्थापक) शंकरप्रसाद अधिकारी (स्वतन्त्र), सुमन पोखरेल (सर्वसाधरण सेयरधनी) र लीमा अधिकारी आचार्य (सर्वसाधरण सेयरधनी) सदस्य रहेका छन् ।

बैंकमा पैसा थुप्रिए पनि कर्जा लगानी गर्न झस्किए बैंकर Read Previous

बैंकमा पैसा थुप्रिए पनि कर्जा लगानी गर्न झस्किए बैंकर

चितवनका दुई उद्योगमाथि मुद्दा दायर, ९७३ व्यावसायिक फर्मलाई कारबाही Read Next

चितवनका दुई उद्योगमाथि मुद्दा दायर, ९७३ व्यावसायिक फर्मलाई कारबाही