नेपाल एयरलायन्सका चालकसहित ७ जना निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमाभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ ।

उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।

जहाजले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएकोभन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले जहाजका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ ।

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

मध्यपहाडी राजमार्गको पोखराखण्डको नयाँ 'एलाइनमेन्ट' पनि विवादमा, स्थानीय आन्दोलनमा Read Next

मध्यपहाडी राजमार्गको पोखराखण्डको नयाँ 'एलाइनमेन्ट' पनि विवादमा, स्थानीय आन्दोलनमा