सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा कम्पनीले ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस’ रेटिङ पाएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

युनाइटेड मोदीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

युनाइटेड मोदीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

नेपाल एयरलायन्सका चालकसहित ७ जना निलम्बित Read Next

नेपाल एयरलायन्सका चालकसहित ७ जना निलम्बित