काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले भोलि (चैत ९ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट ७ बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश घोषणा गरेका छ ।
उक्त लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीको सभा चैत २३ गते आफ्नो रजिष्टार्ड कार्यालय, हेरिटेज प्लाजा, कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।