आज सार्वजनिक बिदा भए पनि बैंक खुल्ने

काठमाडौं । आज मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

उपत्यकामा बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (ईसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

ग्राहकको पैसा लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक Read Previous

ग्राहकको पैसा लिएर सम्पर्कविहीन भए प्रभु बैंकका प्रबन्धक

भूगोल इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

भूगोल इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन