भूगोल इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाका लागि फागुन ८ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्काशन गरेको छ । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी–३, का बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र नौमुले द्वारी ३ बाहेकका स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।

लगानस्कर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ

आज सार्वजनिक बिदा भए पनि बैंक खुल्ने Read Previous

आज सार्वजनिक बिदा भए पनि बैंक खुल्ने

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ संचालन गर्ने तयारी Read Next

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ संचालन गर्ने तयारी