लक्ष्य अनुसार उठेन त्रिभुवन विमानस्थल भन्सारको राजस्व

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९.०२ प्रतिशत हो ।

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा रू ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

फागुनमा मात्रै रू २ अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३.२३ प्रतिशत हो ।

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले रू ५ अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा रू ४ अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा रू १ अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

अर्थतन्त्रमा सुधारका संकेत देखिँदा पनि किन बढ्न सकेन सेयर बजार ? Read Next

अर्थतन्त्रमा सुधारका संकेत देखिँदा पनि किन बढ्न सकेन सेयर बजार ?