नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । लगातार ७५ अंकको गिरावटपछि आज नेप्से दोहोरो अंकले फर्केको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले बढेर सवा १ अर्ब नाघेको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा पुगेको छ । यसदिन २५८ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँ बढीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ४.६६ प्रतिशतले बढेकोे छ ।

आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ६ र सिटिजन्स बैंकको प्रमोटर सेयर पौने ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजार आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, न्यादी हाइड्रोपावर ७.७३, नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७, बुद्धभूमि हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी र मध्यभोटेकोशीको सेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ ।

श्रीलंका सरकारको ऋण जीडीपीको ११५ प्रतिशत पुग्यो Read Previous

श्रीलंका सरकारको ऋण जीडीपीको ११५ प्रतिशत पुग्यो

लक्ष्य अनुसार उठेन त्रिभुवन विमानस्थल भन्सारको राजस्व Read Next

लक्ष्य अनुसार उठेन त्रिभुवन विमानस्थल भन्सारको राजस्व