ग्लोबल आइएमईका ग्राहकले १ रुपैयाँमा सामसङको ‘ग्यालेक्सी एम ४’ जित्नसक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले दराज नेपालसँग सहकार्य गरी यस्तो योजना ल्याको हो । यस योजनाअन्तगत बैंकका ग्राहकहरुले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।

यो योजना चैत ५ गतेदेखि ११ गतेसम्म लागू हुने बैंकले जनाएको छ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ ।

छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (ई–कमर्श)लाई प्रबर्द्धन गर्नु हो ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० बढी सेवा केन्द्रबाट ४० लाख बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

अशोक लेल्यान्डका गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने Read Previous

अशोक लेल्यान्डका गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने

चिनियाँ लगानीको १३५ मेगावाटकाे मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता Read Next

चिनियाँ लगानीको १३५ मेगावाटकाे मनाङ-मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता