
काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अशोक लेल्यान्डका सवारीसाधन किन्न बैंकले अधिकतम ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । बैंकले अधिकतम १४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने भएको छ ।
कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ । यो सुविधा अशोक लेल्यान्डका देशभर १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट उपलब्ध हुनेछ ।