काठमाडौं । लघुवित्त वित्तीय कम्पनीहरुमा पनि मर्जरको लहर चलेको छ । झन्डै एकदर्जन लघुवित्त मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन् भने हाल १ दर्जन लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् ।
यसैबीच, मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त चैत २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठ र मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्यले हस्ताक्षर गरेका हुन्।
प्रारम्भिक सम्झौता अनुसार यी दुई संस्था बराबरी हौसिय अर्थात् १:१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् ।