काठमाडौं महानगरले उठायो ८ महिनामा साढे ४ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३.८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ४ अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले १८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ ।

महानगरले रु २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु १ अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु १ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी अब अनलाइनबाट घरघरमै Read Previous

मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी अब अनलाइनबाट घरघरमै

सेयर बजारमा धेरै चलखेल हुने हाइड्रोपावरकै वर्चश्व, झन्डै एकतिहाई हिस्सा Read Next

सेयर बजारमा धेरै चलखेल हुने हाइड्रोपावरकै वर्चश्व, झन्डै एकतिहाई हिस्सा