काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभर २६ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा ५ अंकले घटेर बन्द भएको हो ।
साताको अन्तिम कारोबरा दिन बिहीबार नेप्से ५.३२ अंकले घटेर १९३३.३१ बिन्दुमा आइपुगेको छ । यसदिन २५८ कम्पनीको १ अर्ब १४ करोड रुपैयाँ बढीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ साूहको परिसूचक हरियो भएको छ भने ९ समूहको राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक झन्डै ४ करोड र हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।