भारतबाट घटेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीबाट बिहीबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १.५० रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो । यसअघि फागुन १७ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १.२१ रुपैयाँ र डिजेलमा ५.५ रुपैयाँ भाउ घटाएर पठाएको थियो ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५र१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउने/नघटाउने बारे केही बताएको छैन । अघिल्लो पटक पनि भाउ घटेर र्आ पनि निगमले भने घटाएको थिएन ।

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा बन्द हुने Read Previous

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा बन्द हुने

नेप्सेमा सामान्य गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा सामान्य गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट