एनएमबी बैंकले क्रिकेट खेलाडीलाई जनही नगद पुरस्कार दिने

काठमाडौं । एनएमबी बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।

बैंकले जारी विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत टिममा सहभागी १६ खेलाडीलाई सम्मान र हौसला स्वरुप जनही २१ हजार नदग प्रदान गर्ने घोषणा गरेको हो । ।

यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’

सन् २०१९ देखि सुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज हुन गइरहेको अन्तिम म्याचमा यूएईसँग भिड्दैछ। आजको खेलमा जित हात पारेमा नेपाल सिधै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।

नारायणघाट-बुटवल सडकमा ४ वर्षपछि कालोपत्र सुरू Read Previous

नारायणघाट-बुटवल सडकमा ४ वर्षपछि कालोपत्र सुरू

प्रधानमन्त्रीले भन्दैमा तत्कालै ब्याजदर एकल अंकमा ल्याउन सम्भव छ ? Read Next

प्रधानमन्त्रीले भन्दैमा तत्कालै ब्याजदर एकल अंकमा ल्याउन सम्भव छ ?