शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शिवश्री हाइड्रोपावरको प्रथामिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ ।

 

हाइड्रोपावरले असोज १६ गतेदेखि साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ लाख १४ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।

 

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमा ३ लाख ३९ हजार कित्ता सेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता समेत थप गरी सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

 

सुरुमा सर्वसाधरणका लागि मात्र निष्काशन गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताबाट न्यून आवेदन परेपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले असोज २५ गतेदेखि संगठित संस्थाहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

 

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन्। अहिलेसम्म आइपीओमा १६ हजार आवेदकबाट १० करोड रुपैयाँ हाराहारीमा मात्र आवेदन परेको छ ।

 

शिवश्री हाइड्रोपावरले जारी गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

 

कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनका कूल लागत ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १५ औं वार्षिकोत्सव Read Previous

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १५ औं वार्षिकोत्सव

अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित) Read Next

अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित)