सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १५ औं वार्षिकोत्सव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५ औं वर्ष सफलतापूर्वक पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

 

बिहीबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे ।

 

वार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यस्तै शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी रहेको छ ।

 

मुुलुुकभर ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिवद्धता जनाएको छ ।

उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा सघाउन विश्व बैंक प्रतिबद्ध Read Previous

उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा सघाउन विश्व बैंक प्रतिबद्ध

शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन