अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ ।

 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) बमोजिम सूचीकृत कम्पनीहरुको चालू  आर्थिक वर्षको  पहिलो त्रैमासको वर्गिकरण सार्वजनिक गरेको छ ।

 

नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरेको हो ।

 

नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना, लगायतको आधारमा कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको हो ।

 

अधिकांश कम्पनी खराब कम्पनीको सूचीमा

 

सार्वजनिक वर्गिकरण अनुसार अधिकांश कम्पनी खराब कम्पनीको समूहमा परेका छन् । सबैभन्दा काम नलाग्ने कम्पनीको समूह मानिएको ‘जेड’ समूहमा १ सय ७१ कम्पनी परेका छन् ।

 

कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।

 

पहिलो त्रैमासिक वर्गीकरण सूची अनुसार कूल २ सय ९ कम्पनीमध्ये १ सय ७१ कम्पनी खराब कम्पनीको सूचीमा परेका छन् ।

 

केही सामान्य प्रावधानहरू पूरा नगर्दा अधिकांश कम्पनीहरु ‘जेड’ समूहमा परेको नेप्सेले जनाएको छ । अधिकांश कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेको हुन् ।

 

बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।

 

‘ए’ समूहमा एउटा मात्र कम्पनी

 

नेप्सेले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वर्गिकरण अनुसार ‘ए’ समूहको कम्पनीको सूचीमा एउटामात्र कम्पनी परेको छ । नेप्सेको वर्गिकरणमा सनराइज बैंकमात्र ‘ए’ समूहमा परेको छ ।

 

‘बी’ समूहमा पनि एउटा मात्रै कम्पनी सूचीकृत भएको छ । ‘बी’ समूहमा ङादी हाइड्रोपावर मात्र परेको छ । यस्तै
३६ कम्पनीहरू समूह ‘जी’ मा परेका छन् ।

 

कस्ता कम्पनी कुन वर्गमा पर्छन्

 

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह ‘ए’ मा पर्न सक्छन् ।

 

त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह ‘ए’ मा पर्न सक्छन् ।

 

यस्तै, चुक्ता पूँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भएका, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह ‘बी’ मा पर्छन् ।

 

 

सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरू ‘जी’ समूहमा पर्छन्  भने ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् ।

कुन कम्पनी कुन समूहमा:

 

शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

भ्रमण वर्षमा आउने पर्यटकलाई होमस्टेमा २० प्रतिशत छुट Read Next

भ्रमण वर्षमा आउने पर्यटकलाई होमस्टेमा २० प्रतिशत छुट