वालेट प्रयोगकर्ता १ करोड ६१ लाख पुगे, कनेक्ट आइपीएसका १० लाख

काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

राष्ट्र बैंकका  अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ६१ लाख २६ हजार ४३३ पुगेको छ । चालु आवमा वालेट प्रयाेगकर्ता ५० लाखले बढेका हुन् । गत वर्ष माघसम्म वालेट प्रयाेगकर्ता १ कराेड १० लाख थिए ।

यस्तै, माघसम्म कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या १० लाख २२ हजार २७१ पुगेको छ । राष्ट्र बैंकका  अनुसार देशभरबाट २ करोड ३६ हजार ५२४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

डेबिट कार्डबाट प्रयोगकर्ताको संख्या १ करोड २३ लाख हजार ५ हजार ५०६ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ७८ हजार ३२३ पुगेको छ ।

पछिल्लो समय एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

रियलमीद्वारा 'अचिभर रिटेल डिस्ट्रिब्युटर'लाई स्कुटर वितरण Read Previous

रियलमीद्वारा 'अचिभर रिटेल डिस्ट्रिब्युटर'लाई स्कुटर वितरण

रावा इनर्जीले पायो आइपीओ निष्काशन गर्न अनुमति Read Next

रावा इनर्जीले पायो आइपीओ निष्काशन गर्न अनुमति