काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आइपीओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले दुई महिना भित्र आइपीओ जारी गर्नुपर्नेछ । आइपीओ निष्काशन गर्न कम्पनीले यसअघि नै सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले हाल खोटाङमा २.५ मेगावाटको मध्य रावाखोला हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ भने ३ मेगावाटको रावाखोला जलविद्युत आयोजना सञ्चालनमा छ ।