काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको फागुन २९ गते बसेको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत नगद (करसहित) लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । सो लाभांश पारित गर्न कम्पनीले चैत २० गते आभ्या क्लब, धारीपाटन, पोखरामा वार्षिक साधारण सभा बोलाएको हो।
सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत १२ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।