निजी क्षेत्र : पहुँच छ, प्रभाव छैन

काठमाडौं । एक वर्ष यता निजी क्षेत्रका उद्योगी, व्यवसायीहरू आन्दोलित छन् । ब्याजदर वृद्धि, राष्ट्र बैंकको नीतिगत कडाइ, महँगी लगायत कारणले अर्थतन्त्र संकटमा परेको भन्दै उनीहरू सडकमै उत्रिएका हुन् ।

कोभिडपछि अर्थतन्त्र पुनरुत्थानको क्रममा भएको अनियन्त्रित कर्जा लगानी र आयातले बाह्य क्षेत्र दबाबमा देखियो । त्यसलाई ट्रयाकमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ गर्यो भने सरकारले गत वैशाखदेखि १० महिनासम्म आयातमै प्रतिबन्ध लगायो । राष्ट्र बैंक र सरकारको नीतिले आफूहरूको व्यवसाय झनै संकटमा परेको व्यवसायीको ठम्याइ छ । राष्ट्र बैंकले गरेको नीतिगत कडाइ र ब्याजदर घटाउनुपर्ने निजी क्षेत्रको माग जारी छ ।

आफ्ना माग पूरा गर्ने नाममा हाल बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न क्षेत्रमा संगठित रुपमै सडक आन्दोलनदेखि कर्मचारीमाथि हातपातसम्मका घटना हुन थालेका छन् । वित्तीय क्षेत्रविरुद्ध अराजकता बढ्दै गएको छ । यद्यपि, यस्ता क्रियाकलापमा निजी क्षेत्रका संगठनहरू आफ्नो हात नरहेको बताउँछन् ।

निजी क्षेत्रका तीन ठूला छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कर्मश र नेपाल उद्योग परिसंघ आफ्नो माग पूरा गराउन आन्दोलनका साथै सरकारसँग लबिङ पनि जारी राखेका छन् ।

यस दौरानमा निजी क्षेत्रका संगठनको नेतृत्व तथा पदाधिकारीले राजनीतिक दलका नेतादेखि गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री लगायत उच्च ओहोदाका सबै व्यक्तिलाई भेटी आफ्नो माग राखेका छन् ।

व्यवसायीको राजनीतिक पहुँच पनि उत्तिकै छ । निजी क्षेत्रले चाहेको बेला नगरदेखि केन्द्रसम्मका व्यवसायी एकैचोटी भेला गर्न सक्छन् । चाहेकै बेला देशको अर्थमन्त्री, गभर्नरदेखि प्रधानमन्त्री सम्मलाई सजिलै भेट्न सक्छन् । र, दैनिक जसो भेटिरहेका पनि छन् ।

निजी क्षेत्रले अर्थतन्त्र सुधारको माग राख्दै विभिन्न कार्यक्रम गरेयता दुई पटक सरकार परिवर्तन भयो । जनार्दन शर्मा र विष्णु पौडेलले अर्थतन्त्रको बागडोर सम्हाले । अब नयाँ मन्त्रिपरिषद् विस्तारपछि अर्थ मन्त्रालय कसको नेतृत्वमा रहने भन्ने एकीन छैन । तर, सरकार र मन्त्री फेरिएपिच्छे निजी क्षेत्रले विभिन्न मागहरू राखे पनि न पूरा भएको छ, न व्यवसायीको आन्दोलन र नेताको दैलो चाहार्ने प्रवृत्ति रोकिएको छ ।

पहूँच छ, प्रभाव छैन

निजी क्षेत्रका व्यवसायीहरूको केन्द्रदेखि स्थानीय तहसम्मका सांगठनिक संरचना भएका छाता संगठन छन् । उनीहरूको संगठनमा लाखौं व्यवसायी आबद्ध छन् । एकहिसाबले निजी क्षेत्रका व्यसायिकको सांगठनिक संरचना राजनीतिक दलहरूकै जत्तिको ठूलो छ ।

व्यवसायीको राजनीतिक पहुँच पनि उत्तिकै छ । निजी क्षेत्रले चाहेको बेला नगरदेखि केन्द्रसम्मका व्यवसायी एकैचोटी भेला गर्न सक्छन् । चाहेकै बेला देशको अर्थमन्त्री, गभर्नरदेखि प्रधानमन्त्रीसम्मलाई सजिलै भेट्न सक्छन् ।

निर्वाचनअघि आन्दोलनरत व्यवसायीले नयाँ सरकारको नेतृत्व सम्हाल्न आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट । त्यसको केही दिनअघि एमाले अध्यक्ष ओलीसँग भेटेर अर्थतन्त्रका समस्या समाधान गरिदिन आग्रह गरे ।

लगत्तै अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न विष्णुपौडेल आएपछि निजी क्षेत्रसँग उनको भेटघाट बाक्लै रह्यो । यद्यपि, नयाँ सरकार आएपछिको भेटघाटको केही प्रभाव वित्तीय क्षेत्र र सरकारको नीतिमा देखिन थालेको थियो ।

जनार्दन शर्माको पालमा सरकारको निर्देशन लत्याएका गभर्नर महाप्रसाद अधिकारीले पनि पौडेलको निर्देशन खुरुखुर पालना गरे । व्यवसायीहरूले पटकपटक आग्रह गर्दा समेत चालु पूँजी कार्यान्वयनबाट पछि नहटेको राष्ट्र बैंक निजी क्षेत्रको अर्थमन्त्रीसँगको भेटपछि एकाएक संशोधन गर्न तयार भयो । वित्तीय क्षेत्रका लागि पोलिसी डिपार्चर मानिएको चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएको एक महिनापछि राष्ट्र बैंकले संशोधन गरेको थियो ।

व्यवसायीको चाहना अनुरुप नीतिहरू फेरबदल गरिरहेका मन्त्रीको आवगमनले माग पूरा हुने निजी क्षेत्रको अपेक्षा थियो । तर, एमाले सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय नेतृत्व विहीन छ । गत साता प्रधानमन्त्रीले निजी क्षेत्रसँग अर्थतन्त्रका विषयमा छलफल गरेका थिए । त्यसको केही दिनमा नेपाली काँग्रेसका नेता गगन थापाले पनि निजी क्षेत्र राखेर अर्थशास्त्रीसँग छलफल गरे ।

प्रत्येक पटक मन्त्रालय र सरकारी निम्मेवारीमा जत्ति नेतृत्व र अधिकारी फेरिन्छन्, निजीको मागका चाङहरू पनि त्यत्तिकै देखिन्छन् । तर त्यसको परिणाम र प्रभाव भने आम व्यवसायीले महसुश गर्न पाउँदैनन् ।

नेतृत्वसँगको साँठगाँठमा राज्यको नीति नै परिवर्तन गर्न सक्ने वा सरकारमा कसलाई ल्याउने र हटाउने भन्ने समेत ल्याकत राख्र्ने अमूक ‘घराना’हरू पर्दा पछाडिबाट आफ्नो नीहित स्वार्थका लागि खेलिरहन्छन् । तर आम व्यवसायीक रुपमा नीति निर्माण तहमा बहस उठाएर यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न तयार छैनन् ।

निजी क्षेत्रले सधैं माग मात्र राख्ने, नेता मात्रै भेट्ने तर सरकारले कहिल्यै नसुन्ने, समस्या ज्यूँकात्यूँ रहने हो बेर्थैमा आन्दोलन र नेताको दैलो मात्रै किन चाहार्ने ? अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रले किन आफ्ना जायज माग पूरा गराउन सक्दैन ? प्रश्न खडा भएको छ ।

पछिल्लो एक वर्ष यता निजी क्षेत्रका संगठनको नेतृत्वले जति दौडधूप गरेको छ, त्यसको उपलब्धी न्यून छ भन्दा फरक पर्दैन । व्यवसायीले आफ्ना समस्या यथावत रहेको भन्दै न माग राख्न छाडेका छन् त न सरकारी र राजनीतिक दलका नेता भेट्न छाडेका छन् ।

निजी क्षेत्रको जारी आन्दोलन र नेताको दैलो धाउने प्रवृत्तिले अर्थतन्त्र र व्यवसायीको समस्या र माग पूरा गर्न सकेको देखिँदैन । एकातिर निजी क्षेत्र कराइ मात्र रहेको छने अर्कोतर्फ सरकार सुनेर मात्र बसेको छ । अर्थतन्त्र र व्यवसायीका समस्या यथावत छन् । नेताहरूले भेट्घाटमा व्यवसायीको समस्या समाधान गरिदिने आश्वसन त दिन्छन् तर, माग भने कहिल्यै पूरा गर्दैनन् ।

ठूलो सांगठनिक संरचना र पहुँच भएको निजी क्षेत्रले एक वर्ष यता जति भेटघाट र आन्दोलन गरे, सो अनुसार व्यवसायिका अधिकांश माग र समस्या समाधान हुनुपर्थ्यो । तर, अहिलेसम्म एकाध बाहेक माग पूरा भएका छन्, न नेता गुहार्न छाडेका छन् । यसले निजी क्षेत्रका संगठन प्रभाव र औचित्यमै प्रश्न खडा गरेको छ ।

निजी क्षेत्रले सधैं माग मात्र राख्ने, नेता मात्रै भेट्ने तर सरकारले कहिल्यै नसुन्ने, समस्या ज्यूँकात्यूँ रहने हो बेर्थैमा आन्दोलन र नेताको दैलो मात्रै किन चाहार्ने ? अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रले किन आफ्ना जायज माग पूरा गराउन सक्दैन ? भन्ने लगायत प्रश्न खडा भएको छ ।

विचौलिया प्रवृत्ति हाबी

अर्थतन्त्रमा अर्को समस्याको कारक उत्पादकको जिम्मेवारी पाएकाहरू विचौलियाको भूमिकामा रहनु हो । लगानीमैत्री र व्यवसायीक वातावरण बनाउनबाट सरकार जसरी पन्छिएको छ, निजी क्षेत्र पनि सोही मनोग्रन्थी बोकेको छ ।

एक प्रकारको कर्जा लिएर अर्को क्षेत्रमा लगानी गरिएको तथ्य राष्ट्र बैंक र सरकारी विभिन्न तथ्यांकहरूबाटै पुष्टि हुन्छ । राष्ट्र बैंकले कर्जा लगानीको सदुपयोगिता नहेर्नु आफैमा जत्ति नियामकिय बद्नियत छ, अन्यत्रै लगानी गर्नु व्यवसायीको त्यो भन्दा बढी ।

उत्पादन विनाको वितरणले आर्थिक चक्रमा रोजगारी सिर्जना गर्नभन्दा नाफा कमाउ मात्र केन्द्रित गरेको देखिन्छ । यसले एकातिर आर्थिक असमानताको खाडल बढाउँदै लगेको छ भने अर्कोतर्फ राज्यको आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्यमा बाधा पुर्याएको छ ।

गत साता एक कार्यक्रममा बोल्दै एफएन सीसीआइका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले व्यवसायीलाई सस्तो लोकप्रियताका लागि जेसुकै नबोल्न सुझाए । यसै तथ्यबाट पनि स्पष्ट हुन्छ कि व्यवसायीका माग र प्राथमिकताको मुद्धामा ऐक्येबद्धता छैनन् ।

नीति निर्माण तह वा कार्यान्वयनमा देखिएको सरकारी संयन्त्रसँग मिलेर निकास खोज्नुभन्दा केहीको माग पूरा गर्ने फेरि अर्कोले आन्दोलन सुरू गर्ने जस्तो प्रवृत्ति देखिएको छ ।

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नेप्सेमा चिलिमे जलविद्युतको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा चिलिमे जलविद्युतको बोनस सेयर सूचीकृत