नेप्सेमा चिलिमे जलविद्युतको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा चिलिमे जलविद्युत् कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा चिलिमेको ५० लाख ६३ लाख ८४६.०१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ७.५ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

निजी क्षेत्र : पहुँच छ, प्रभाव छैन Read Previous

निजी क्षेत्र : पहुँच छ, प्रभाव छैन

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान, अब भाउ बढ्ने Read Next

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान, अब भाउ बढ्ने