नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार झन्डै २७ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से २४.६८ अंकले घटेर १९५१.२१ बिन्दुमा आइपुगेको छ । यसदिन २५६ कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बढीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे ५ करोड र अरुण भ्याली हाइड्रोपावर ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज खप्तड लघुवित्तका सेयरधनीले सर्वाधिक ७.७२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, आदर्श लघुवित्त, हिमालयन बैंक र नाडेप लघुवित्तका सेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।

धमाधम कारबाहीमा पर्दै काम नगर्ने ठेकेदार, एकैपटक २५ कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

धमाधम कारबाहीमा पर्दै काम नगर्ने ठेकेदार, एकैपटक २५ कम्पनी कालोसूचीमा (नामसहित)

निजी क्षेत्र : पहुँच छ, प्रभाव छैन Read Next

निजी क्षेत्र : पहुँच छ, प्रभाव छैन