श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनको भनाइ छ ।

काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

आजदेखि पोखरा विमानस्थलमा रात्रिकालीन उडान, खस्कँदो पर्यटन क्षेत्र 'गुल्जार' बन्ला ? Read Previous

आजदेखि पोखरा विमानस्थलमा रात्रिकालीन उडान, खस्कँदो पर्यटन क्षेत्र 'गुल्जार' बन्ला ?

इटलीबाट ल्याइएको ५४ हजार किलो चामल १ महिनादेखि नेपालगञ्ज भन्सारमै अड्कियो Read Next

इटलीबाट ल्याइएको ५४ हजार किलो चामल १ महिनादेखि नेपालगञ्ज भन्सारमै अड्कियो