बैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको आक्रमणप्रति सीबीफिनको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको गतिविधि माथि सीबीफिनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफिनले केही समय यता बैंक तथा वित्तीय संस्थलाई निशाना बनाएर कर्मचारीमाथि आक्रमण गर्ने, ऋण नतिर्ने धम्की दिने, लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको बताएको हो ।

बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरू सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न सीबीफिनले सरकारको ध्याकर्षण गराएको छ ।

‘देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरू यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न÷गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष÷परोक्षरुपमा लाखौको संख्यामा रोजगारीका अवसरहरूको सृजना, अरबौं रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रुपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सीबीफिनको भनाइ छ ।

दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक÷सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरूको योगदानलाई नजरअन्दाज गर्न नहुने सीबीफिनले बताएको छ ।

 

छिमेक लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

छिमेक लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

एनआइसी एशिया बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण Read Next

एनआइसी एशिया बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण