छिमेक लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य ८३८.५२ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

कालीगण्डकी करिडाेरकाे सुरुङमार्ग  डिजाइन अन्तिम चरणमा, ईपीसी मोडलमा बन्ने Read Previous

कालीगण्डकी करिडाेरकाे सुरुङमार्ग डिजाइन अन्तिम चरणमा, ईपीसी मोडलमा बन्ने

बैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको आक्रमणप्रति सीबीफिनको गम्भीर ध्यानाकर्षण Read Next

बैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको आक्रमणप्रति सीबीफिनको गम्भीर ध्यानाकर्षण