काठमाडाैं । सूर्य लाइफ इन्स्योरेन्सले नबिकेको हकप्रद सेयर आगामी कार्तिक २४ देखि मंसिर १ गतेसम्म लिलामी गर्ने भएको छ ।
कम्पनीले ७० प्रतिशत हकप्रद बिक्रीका लागि खुल्ला गरेको थियो । कुल ८८ लाख ७४ हजार कित्ता बिक्रीका लागि खूल्ला गरिएकोमा ३ लाख ९ हजार कित्ता सेयर बिक्री भएको थिएन । लिलामीको व्यवस्थापन एनआइसी एसिया क्यापिटलले गर्ने भएको छ ।
सेयर बोलकबोलको लागि प्रति कित्ता न्युनतम १ सय रुपैंयाँमा आवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले घटिमा १ सय कित्ता र बढिमा २७ हजार ३ सय ८९ कित्ता सेयरमा आवेदन दिन पाउँनेछन् ।
लिलामीको लागि फारम एनआइसी एसिया क्यापीटलका अलावा सूर्यलाइफको उपत्यका बाहिरको शाखा कार्यालयहरु बिरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र सुनसरीमा पाइने छ ।