ठूला सहरमा ‘स्लेट ढुंगा’को माग बढ्दै, मार्बल र टायको विकल्प बन्दै

जाजरकोट । भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ ।

यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ ।

विगतमा ढुङ्गा-माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, विछ्याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् ।

सो स्लेट सबैभन्दा बढी नेपालगन्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौँ, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगन्जलगायतका सहरबाट बिक्री हुने जनाइएको छ ।

स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुस्किल भएको सञ्चालक महेन्द्र शाहीले बताए। उनले वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको बताए ।

यस वर्ष चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत Read Previous

यस वर्ष चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत

माग संकुचनले सिथिल अर्थतन्त्र कहिले होला चलायमान ? Read Next

माग संकुचनले सिथिल अर्थतन्त्र कहिले होला चलायमान ?