नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २१.२८ प्रतिशतले घटेकोे छ ।

कम्पनीले गत असार मसान्तसम्म जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल १८ करोड ८९ लाख ३० रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको र्निजीवन बीमा व्यवसाय तर्फको नाफा सामान्य बढे पनि जीवनतर्फ उच्च गिरावट आउँदा समग्र नाफा नै प्रभावित बनेको हो ।

समीक्षा अवधिमा कम्पनीले निर्जीवन बीमातर्फको नाफा १ करोड ३५ लाख रुपैयाँ बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले निर्जीवनतर्फ १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा निर्जीवनतर्फ १६ करोड ४९ लाख नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा जीवतन बीमातर्फ भने कम्पनीको नाफा ६ करोड ४५ लाख रुपैयाँ घटेको छ । गत वर्षको असोजसम्म कम्पनीले निर्जीवन बीमातर्फ ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा १ करोड ५ लाखमा सीमित भएको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन र निर्जीवन दुवैतर्फको खुद बीमा शुल्क संकलन घटेको छ । चालु आवको असोजसम्म कम्पनीले निर्जीवनतर्फ ७ अर्ब ७३ करोड र जीवनतर्फ ५७ करोड ६६ लाख रुपैयाँँ खुद बीमा शुल्क संकलन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले निर्जीवनतर्फ ८ अर्ब ९ करोड र जीवनतर्फ १ अर्ब २१ करोड खुद बीमा शुल्क अंकलन गरेको थियो ।

हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल ६ अर्ब २ करोड रुपैयाँ संचिति छ । जसमा निर्जीवन बीमाकोषमा ५ अर्ब ३९ करोड र जीवन बीमातर्फ ६३ करोड ३ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८९.६६ गुणा रहेको छ ।

'स्मार्ट' बन्न नसकेको स्मार्ट लाइसेन्स : पाउनै मुस्किल,  पाएकोमा पनि विवरण फरक Read Previous

'स्मार्ट' बन्न नसकेको स्मार्ट लाइसेन्स : पाउनै मुस्किल, पाएकोमा पनि विवरण फरक

जीवन विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो Read Next

जीवन विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो