जीवन विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितको फागुन १९ गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

कम्पनीको लाभांश यसअघि घोषणा गरेकोभन्दा ४.२१ प्रतिशतले घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.१५ नगद गरी कुल ३३.१५ लाभांश दिने भएको छ ।

यसअघि लघुवित्त संचालक समितिको फागुन ६ गते बसेको बैठकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र करसहित ९.३६ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

बागमती प्रदेशकाे 'करार खेती कार्यक्रम', बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिर्दिने Read Next

बागमती प्रदेशकाे 'करार खेती कार्यक्रम', बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिर्दिने