काठमाडौं । मोलुङ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । साेमध्ये भाग्यमानी ५ जनाले थप ११ कित्ता सेयर पाएका छन् । १२ लाख बढीको भने हात रित्तो भएको छ ।
कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मोलुङ हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।