नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन, बोनस सेयर घट्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितको फागुन १८ गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

कम्पनीको लाभांश यसअघि घोषणा गरेकोभन्दा ४.०५ प्रतिशतले घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले सेयरधनीलाई कुल ३४.४५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ ।

यसअघि लघुवित्त संचालक समितिको माघ ९ गते बसेको बैठकले सेयरधनीलाई ३८.५ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको थियो ।

नेशनल समिट लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले बोनस सेयरमा लाग्ने कर छुट पाउने भएकाले कर प्रयोजनका लागि रकम घने छुट्याउनु पर्ने छैन ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम Read Next

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम