काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले चैत १० गते वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २६ बोनस सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश पारित गर्ने, आरएमडीसी लघुवित्तलाई गाम्भे लगायत मुख्य प्रस्ताव लैजाने भएको छ ।
प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुन २८ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन २५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।