लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

विद्युत् नियमन आयोगको कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लिबर्टीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्नेछ ।

उपत्यका प्रवेश गर्ने मुख्य दुई सडक विस्तार धमाधम, १११ किमी ४ लेनको बनाइँदै Read Previous

उपत्यका प्रवेश गर्ने मुख्य दुई सडक विस्तार धमाधम, १११ किमी ४ लेनको बनाइँदै

मुग्लिन पोखरा सडकको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घण्टा बन्द हुने Read Next

मुग्लिन पोखरा सडकको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घण्टा बन्द हुने