भारतबाट घटेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीबाट बुधबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १.२१ रुपैयाँ र डिजेलमा ५.५ रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो ।

त्यस्तै, मट्टीतेल प्रतिलिटर ३.४० रुपैयाँ, हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्यास प्रतिसिलिण्डर ३४९ रुपैयाँले बढेर आएको छ ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउने/नघटाउने बारे केही बताएको छैन ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब बाँकी छ ।

सीवाइसी लघुवित्त र सानिमा बैंककाे बोनस सेयर सूचीकृत Read Previous

सीवाइसी लघुवित्त र सानिमा बैंककाे बोनस सेयर सूचीकृत

'गैरबजेटरी' रकम खर्च गर्ने प्रवृत्ति बढ्दो, वित्तीय सुशासनमै चुनौती Read Next

'गैरबजेटरी' रकम खर्च गर्ने प्रवृत्ति बढ्दो, वित्तीय सुशासनमै चुनौती