६ चैतदेखि चीनको छेन्दु-काठमाडौं उडान गर्दै सिचुवान एयर

काठमाडौं । सिचुवान एयरलाइन्सले चीनको छेन्दुबाट नेपालको काठमाडौं पुनः उडान गर्ने भएको छ ।

कोभिड–१९ महामारी अगाडि नियमित उडान गर्दै आएको सिचुवानले ३ वर्षपछि पुनः नेपाल उडान गर्न लागेको हो ।

सिचुवानले आगामी ६ चैत (मार्च २०)देखि छेन्दु–काठमाडौं रुटमा उडान थाल्ने घोषणा गरेको हो । यस रुटमा सातामा तीन उडान हुने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिका अनुसार सोमबार, बुधबार र शुक्रबार छेन्दुबाट काठमाडौं उडान गर्नेछ ।

छेन्दुबाट स्थानीय समय अनुसार २ बजे उड्ने जहाज काठमाडौंमा दिउँसो २:४५ बजे अवतरण गर्नेछ । काठमाडौंबाट सोही दिन ३:३५ बजे उड्ने जहाज छेन्दुमा स्थानीय समय अनुसार ९ बजे अवतरण गर्नेछ ।

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा-कुवेत उडान गर्ने, भाडादर कति ? Read Previous

जजीरा एयरवेजले फागुन २५ देखि भैरहवा-कुवेत उडान गर्ने, भाडादर कति ?

सिधा हवाई उडान मार्फत जोडिँदै पोखरा-भद्रपुर, १८ घण्टाको यात्रा अब ७० मिनेटमै Read Next

सिधा हवाई उडान मार्फत जोडिँदै पोखरा-भद्रपुर, १८ घण्टाको यात्रा अब ७० मिनेटमै