काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितको फागुन १५ गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।
कम्पनीको लाभांश यसअघि घोषणा गरेकोभन्दा आधा घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत नगद गरी कुल ३.५ प्रतिशत लाभांश दिने भएको छ ।
यसअघि इन्स्योरेन्स संचालक समितिको पुस १८ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।