काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
आदर्श लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयरमूल्य १३७५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, ग्लोबल आइएमईले गत वर्षको नाफाबाट वितरण गर्ने १२ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि ग्लोबलको सेयर मूल्य ८९५.९८ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।