सिटिजन्स बैंक र भारतको मेदान्त-द मेडिसिटी हस्पिटल बीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारत, गुँडगाँवस्थित मेदान्त-द मेडिसिटी अस्पताल बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् । गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरे ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटीजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्षदेखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

सिटीजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १५ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

८० हजार लिटर डिजेलमा मट्टीतेल मिसावट, छानबिन सुरू Read Previous

८० हजार लिटर डिजेलमा मट्टीतेल मिसावट, छानबिन सुरू

लाइसेन्स पाएका लघुबीमा कम्पनीले कहिलेदेखि सुरू गर्छन् व्यवसाय ? Read Next

लाइसेन्स पाएका लघुबीमा कम्पनीले कहिलेदेखि सुरू गर्छन् व्यवसाय ?