ललितपुरका १० सहकारी खारेज (सूचीसहित)

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरपालिकाको  माघ २९  गते बसेको बैठकले १० वटा  सहकारी संस्थाहरूकाे इजाजत खारेज गर्ने निर्णय गरेको हो ।

महानगरले ‘सहकारी ऐन, २०७५’ अनुसार ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण र साधारण सभा नगर्ने तथा विवरण नबुझाउने सहकारी संस्थाहरू खारेजी गरेको हो।

खारेजीमा पर्ने सहकारीहरुमा महिला सिप विकास वहुउद्देश्यीय, बडीखेल पर्यटन, प्रयास वहुउद्देश्यीय, कुसुन्ती वहुउद्देश्यीय, राजवृक्ष जडीबुटी, एभरेष्ट कृषि, एभरग्रीन बचत तथा ऋण सहकारी लगायत रहेका छन् ।

प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधरण सभा सम्पन्न गरी विवरण पेश गर्नुपर्नेमा ती संस्थाहरुले ५ वर्षभन्दा बढी समयदेखि कुनै विवरण नबुझाएको महानगरले जनाएको छ ।

महानगरले गत असार १५ गते एक सूचना जारी गर्दै ती सहकारीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । तर, कुनै पनि सहकारी सम्पर्कमा नआएकाले कानुन बमोजिक दर्ता खारेजी गरिएको महानगरले जनाएको छ ।

अब खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु/बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न महानगरले भनेको छ ।

थप ११८ किलोमिटर सडकमा 'हाई-मास्ट लाइट' जडान गर्दै भरतपुर महानगर Read Previous

थप ११८ किलोमिटर सडकमा 'हाई-मास्ट लाइट' जडान गर्दै भरतपुर महानगर

महानगरले पुनः प्रयोगमा ल्याउँदै वायोग्यास प्लान्ट, अब फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्ने Read Next

महानगरले पुनः प्रयोगमा ल्याउँदै वायोग्यास प्लान्ट, अब फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्ने