आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६९ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६९ हजार ७५५ कित्ता सेयर विक्रीमा ल्याएको हो ।

लघुवित्तको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा ढिलामा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फ आवृदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ।

यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने साढे २१ हजार चालक कारबाहीमा Read Previous

यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने साढे २१ हजार चालक कारबाहीमा

प्रभु इन्स्योरेन्ससहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

प्रभु इन्स्योरेन्ससहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?