प्रभु इन्स्योरेन्ससहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स, सिभिल लघुवित्त र सबैको लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

प्रभु इन्स्योरेन्सले साधरणसभा प्रयोजनका लागि भोलि फागुन १२ गते बुकक्लेज तोकेको छ । त्यस्तै, सिभिल र सबैको लघुवित्तले फागुन १४ गते बुकक्लोज तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५८ प्रतिशत गरी कुल ११.५८ प्रतिश लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत गरी कुल १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

लघुवित्तको कर्जा लगानी र लाभांश वितरणमा कडाइ, यस्ता छन् मुख्य ६ नयाँ व्यवस्था Read Next

लघुवित्तको कर्जा लगानी र लाभांश वितरणमा कडाइ, यस्ता छन् मुख्य ६ नयाँ व्यवस्था