यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने साढे २१ हजार चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई कारबाही गरेको छ।प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा ती चालकलाई कारबाही गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना चालकहरू कारबाहीमा परेका छन्।
जसमा साउनमा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तीब्रता दिइएको बताए ।

त्यस्तै, क्षमता भन्दा बढी यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालकलाई पनि कारबाही गरिएको छ। साउनमा ७०९, भदौमा १ हजार ३४, असोजमा ७४९, कार्तिकमा ७५९, मसिरमा ७५९, पुसमा १ हजार ११ र माघ महिनामा ७८१ जना चालकलाई कारबाही गरिएको हो।

त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनिहरूलाई कारबाही गरिएको हो।

क्षमता भन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमता भन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दाबढी राखेर सवारी साधन चलाएमा र लापरवाहीका साथ सवारी साधन चलाएमा यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको पनि उनले बताएका छन्।

बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा Read Previous

बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?