बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो,’ उनले भने ।

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : रामचन्द्र सांघाईको अन्तर्वार्ता Read Previous

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : रामचन्द्र सांघाईको अन्तर्वार्ता

यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने साढे २१ हजार चालक कारबाहीमा Read Next

यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने साढे २१ हजार चालक कारबाहीमा