नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत सातादेखि लगातार ओरालो लागेको नेप्से १३५ अंकको गिरावटपछि आज दोहोरो अंकले कमब्याक गरेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । गतसाता औसतमा दैनिक २ अर्ब हाराहारीमा कारोबार भएकोमा आज पौने २ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको छ । यसदिन २६९ कम्पनीको १ अर्ब ८० करोड रुपैयाँ बढीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये माइक्रोफाइनान्स, व्यापार र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको पौने ५ करोड र ग्लोबल आइएमई बैंकको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज लिबर्टी इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ९.५६, दोर्दीखोला विद्युत् ९, पिपुल्स पावर ८.४०, रिभर फल्स पावर ७.८०, बरुण ७.७५, एनएमबी बैंक, दिव्यश्वरी हाइड्रोपावर, ङादी ग्रुप ७ प्रतिशत र हिमालयन पावरको सेयर मूल्य साढे ६ प्रतिशतले
बढेको छ ।

७ महिनामा सवा ८ खर्ब व्यापार घाटा, आयात-निर्यात दुवै घट्याे Read Previous

७ महिनामा सवा ८ खर्ब व्यापार घाटा, आयात-निर्यात दुवै घट्याे

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत