एनआइसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त 

काठमाडौं । एनआइसी एशिया क्यापिटलको संचालक समिति अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको फागुन ८ गते बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि क्यापिटलकै नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीसँग बैंकिङ्ग क्षेत्रमा काम गरेको करिब २० वर्षको अनुभव छ ।

नवनियुक्त अध्यक्ष राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई थप नयाँ उचाई चुम्ने विश्वास लिइएको छ ।

एनआइसी एशिया क्यापिटलले आव २०७९/८० को दोस्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाखभन्दा बढी खुद मुनाफा कमाएको छ । समीक्षा अवधिमा क्यापिटलको आम्दानी ५६.१० रुपैयाँ रहेको छ । हाल क्यापिटलले ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ ।

झन्डै १ अर्बमा बनेको भरत ताल, आकर्षक पर्यटकीय गन्तव्य बन्दै Read Previous

झन्डै १ अर्बमा बनेको भरत ताल, आकर्षक पर्यटकीय गन्तव्य बन्दै

फेरि मौलाउँदै कित्ताकाट, माघमा चालु वर्षकै धेरै टुक्रा पारियो Read Next

फेरि मौलाउँदै कित्ताकाट, माघमा चालु वर्षकै धेरै टुक्रा पारियो