डिप्रोक्स लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले फागुन ३० गते २१ औं वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा होटल सेभेन स्टार, सौराहा, चितवनमा हुनेछ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत गरी कुल २१ .०५ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव लैजाने भएको छ ।

प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुन १९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

सिटिजन्स बैंकका ग्राहकले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने

लघुवित्तका ऋणीले आन्दोलन गर्दैमा ऋण मिनाहा हुन्छ ? Read Next

लघुवित्तका ऋणीले आन्दोलन गर्दैमा ऋण मिनाहा हुन्छ ?